काठमाण्डौ। पशुपति क्षेत्रमा आज आइतबार र भोलि सोमबार साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ। स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढंगबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो। 

समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ।

- RSS