काठमाण्डौ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले पहिलोपटक अन्तरिक्षमा पृथ्वीजस्तै ग्रह फेला पारेका छन् ।

वैज्ञानिकहरुका यो ग्रहमा पानी प्रशस्त छ । यो ग्रह मानिसका लागि बस्न योग्य रहेको वैज्ञानिकहरु बताउँछन् ।

यो ग्रहको तापमान पनि शून्य डिग्री ४० डिग्रीसम्म हुने गरेको नासाले पत्ता लगवाएको छ । वैज्ञानिकहरुले यो ग्रहको नाम केटू–१८बी दिएका छन् ।

यो ग्रह पृथ्वीबाट १११ प्रकाशवर्ष दूरीमा रहेको छ । यो ग्रह पृथ्वीभन्दा दुईगुणा ठूलो छ । ‘केटू–१८बी सौर्यमण्डभन्दा बाहिर रहेको एउटामात्र ग्रह हो, जहाँ मानवजीवनको उम्मिद गर्न सकिन्छ’, वैज्ञानिकहरुले भनेका छन् ।

त्यसो त यो ग्रहलाई पृथ्वीको दोस्रो भर्सन वा अवतार मान्न केही छिटो हुने खगोलशास्त्रीहरुले बताएका छन् । उनीहरुले यो ग्रह धेरै टाढा रहेकोमा चिन्ता पनि व्यक्त गरेका छन् । त्यसैले त्यहाँ छिटै पुगेर मानवजीवनको अस्तित्व खडा गर्ने अवस्था नरहेको उनीहरुको दाबी छ ।

क्यानडास्थित युनिभर्सिटी अफ मोन्ट्रियलका प्रोफेसर बियर्न बेनेक यो ग्रहका विषय खोजीमा नेतृत्व गरिरहेका छन् । उनी भन्छन्, ‘यो पहिलोपटक यस्तो देखिएको छ कि पृथ्वीका अलावा कुनै अर्को ग्रहमा साँच्चिकै पानी भेटिएको छ र चिसो तथा तातोको अनुभव गर्न सकिन्छ।

प्रोफेसर बेनेकका अनुसार यो ग्रह पृथ्वीसँग समानताका बाबजुद धेरै भिन्न किसिमको छ । ‘हामीले यसलाई पृथ्वीसँग तुलना गर्दा थोरै सावधान अपनाउनुपर्ने हुन्छ किनकि यो थुप्रै कुरामा अलग छ ।’

यो ग्रहको व्यास पृथ्वीको व्यासभन्दा साढे दुई गुणा ठूलो रहेको प्रोफेसर बेनेक बताउँछन् । यस्तै यो ग्रहको चोरैतिर ग्यासको बाक्सो उपस्थिति पनि रहेको उनको भनाइ छ । –एजेन्सी