काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा व्यापार घाटा १३ प्रतिशत बढीले घटेको छ।
भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा मुलुकको कुल ब्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा मुलुकको कुल ब्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ थियो। यो हिसाबले व्यापार घाटा १३.१३ प्रतिशतले घटेको हो।
यो तीन महिनाको अवधिमा वस्तुको आयात र निर्यात पनि घटेको छ। समीक्षा अवधिमा वस्तु आयात १६.२० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा ४ खर्ब ७८ हजार रुपैयाँको वस्तु आयात भएकोमा समीक्षा अवधिमा घटेर ४ अर्ब रुपैयाँको मात्रै भएको छ।
चालु आर्थिक वर्ष सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी आएपछि केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। सोही कारणले पनि वस्तु आयात घट्न पुगेको हो।
यसैगरी वस्तु निर्यात पनि ३५.७१ प्रतिशत घटेको छ। यो तीन महिनामा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तुमात्रै मुलुकबाट निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा ६५ अर्ब ५ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात अनुपात ९.५९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ७.३६ प्रतिशत रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19