काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्।
निजी निवास खुमलटारमा मंगलबार बिहान नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग भेटघाटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताए। ‘महासंघ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुुभयो’, उनले भने, ‘समस्या समाधानका लागि भनिरहनुुभएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ।’
प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएका सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता गरे। ‘अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई सम्मान गर्छु’, उनले भने।
भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग–व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याका रुपमा देखापरेको चालुपुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिए।
‘अर्थतन्त्रमा बहुआयामिक असर परेको छ, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको छैन र विशेषगरी समग्र बैंकिङ समस्याका कारण उद्योगी–व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेको छ’, उनले भने, ‘बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गरिनुपर्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago