काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडले १९ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको यो कम्पनीलाई बोर्डले आइपीओ निश्कासन गर्ने कम्पनीहरुको सूचि(पाइपलाइन)मा राखेको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख २५ हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निश्कासन गर्ने बताइएको छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ। 

हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।