काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा पाँचथर पावर कम्पनी लिमिटेडले ३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६०.७० प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ९ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर ३१ करोड ८६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट ३९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको रिजर्भ ४ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ८ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९५.२५ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19