काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३२८.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको नाफा ३ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। 

गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ४० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३१ करोड ८६ लाख रुपैयाँमा सीमित थियो। विद्युत बिक्रीको आम्दानी २६.४८ प्रतिशतले बढेको छ। 

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ११ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ ४५ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४१.६४ रुपैयाँ रहेको छ।