काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडले पुस ३० गतेदेखि आयोजना प्रभावितका लागि निश्कासन गरेको ९ लाख ६२ हजार ५ सय कित्ता आइपीओमा आवेदन दिने समय थप गरेको छ ।
अब आयोजना प्रभावितले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघि माघ १४ गतेसम्म मात्र आवेदन दिनुपर्ने भनिएको थियो । स्थानीयको माग अनुसार आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले पाँचथरको भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालि)का बासिन्दाहरुका लागि आइपीओ निश्कासन गरेको हो ।
इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यो कम्पनीलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न धितोपत्र बोर्डले ६ दिनअघि अनुमति दिएको थियो । पहिलो चरणमा आयोजना प्रभावितका लागि आइपीओ निश्कासन गर्न लागेको हो ।
आयोजना प्रभावितपछि सर्वसाधारणका लागि पनि ९ लाख ६२ हजार ५ सय कित्ता नै सेयर निश्कासन गर्नेछ ।
कम्पनीले कुल पूँजीको २० प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केट लिमीटेड रहेको छ ।
यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ।
हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।
केयर रेटिङ नेपालले यो कम्पनीको आइपीओलाई ’केयर(एनपी आइपीओ ग्रेड)-४’ को रेटिंग प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
कहाँबाट दिने आवेदन ?
आयोजना प्रभावितका लागि आवेदन दिने विभिन्न केन्द्रहरु तोकिएको छ, जुन यसप्रकार छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago