काठमाण्डौ । पाँचमहिने शिशुसहित कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेख र कालिकोटमा ७/७ जना तथा , सल्यानमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कालिकोटका आज थपिएका संक्रमितमध्ये महाबै गाउँपालिकाका वडा नं. ४ का पाँच महिने शिशु पनि छन्।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ। कोरोनाकै कारण दैलेखमा एकजनाको मृत्यु भइसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19