काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको ५ वटा विकास ऋणपत्र सूचीकृत भएका छन्।
नेप्सेमा कुल ६० अर्ब रुपैयाँबराबरका ५ वटा विकास ऋणपत्र सूचीकृत भएका हुन्।
नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ४ वर्षे अवधिको २०८४ ‘ट’, ५ वर्षे अवधिको २०८५ ‘ज’, ५ वर्षे अवधिको २०८५ ‘झ’, ६ वर्षे अवधिको २०८६ ‘ङ’ र ६ वर्षे अवधिको २०८६ ‘च’ छन्। यी ऋणपत्रको वार्षिक ब्याजदर क्रमशः ८.९ प्रतिशत, ८.५७ प्रतिशत, ८ प्रतिशत, ६.९३ प्रतिशत र ६.३५ प्रतिशत छन्।
गत वैशाख ८ गतेदेखि असार २२ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका छन्। यी ऋणपत्रको भुक्तानी मिति २०८४ वैशाख ८ गतेदेखि २०८६ असार २२ गतेसम्म तोकिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago