काठमाण्डौ । पाँच वर्षमुनिका दुई बालकसहित गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२ पुरुष, पर्वतका १३ पुरुष, तनहुँका एक पुरुष र पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ।
निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन्। उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन्।
यसैगरी स्याङ्जाकै वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ। स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। पर्वतकै अर्का एकजना संक्रमितको पनि स्थानीय तह खुलेको छैन।
तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक÷एकजना युवक पनि कोरोनाबाट संक्रमित भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago