काठमाण्डौ । कुमारी बैंकले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गरी बैंकले प्राप्ति गरेको साविक वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्सको वार्षिक साधारणसभा पारित भएको नगद लाभांश आउन सेयरधनीहरुलाई आग्रह गरेको हो। उक्त लाभांश वितरण गर्ने निर्णय भएको ५ वर्षको अवधि समाप्त भइसकेकोले यो सूचना प्रकाशित भएको एक महिनाभित्र बुझिलिन आउन सेयरधनीहरुलाई बैंकले सूचित गरेको छ।
एक महिनाभित्र पनि सेयरधनीहरुले नगद लाभांश लिन नआएमा कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि बैंकले स्पष्ट पारेको छ।
यसका साथै केही सेयरधनीहरुले बैंकको साधारणसभाबाट पारित भएको नगद लाभांशको पुर्जा संकलन गरेर पनि पुर्जाको रकम सटही नगरेकाले सोलाई सटही गर्न र संकलन गर्न बाँकी लाभांश रकम बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलमा सम्पर्क राख्न पनि बैंकले अनुरोध गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago