काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले ५ वर्षअघिको नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। 

बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले यो सूचना प्रकाशित भएको मितिले ३६ दिनभित्र नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुलाई आवश्यक कागजात तथा विवरणसहित काठमाण्डौको डिल्लीबजारस्थित सीबीआईएल क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ। 

तोकिएको समयभित्र नगद लाभांश नलिए उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि बैंकले स्पष्ट पारेको छ।