काठमाण्डौ। पाटन अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमित सबै उपत्यका बाहिरका रहेको खुल्न आएको छ।
कोरोना उपचारमा खटिएका चिकित्सकका अनुसार अस्पतालमा उपचाररत संक्रमित बिरामीमध्ये अधिकांश प्रदेश १ र २ का तराईका जिल्लाहरुबाट आएका पाइएको छ। उनले ती संक्रमित लकडाउनका क्रममा पास बनाएर काठमाण्डौ भित्रिएको पनि जानकारी दिए। ‘संक्रमितमध्ये कोही पनि काठमाण्डौ, भक्तपुर र ललितपुरका स्थायी बासिन्दा छैनन्, उनीहरु उपत्यकामा डेरा गरी बस्ने देखिएको छ’, उनीहरुले स्वाब परीक्षणअघि भरेको फारममा उल्लेख ठेगानाबारे जानकारी दिँदै ती चिकित्सकले भने, ‘प्रायः सबै सप्तरी, सुनसरीजस्ता जिल्लाबाट छन्।’
संक्रमितको स्थायी ठेगानामात्र लेखिने र बाहिर त्यही ठेगाना भनिने हुँदा त्यो बिरामी अहिले कुन जिल्ला वा सहरमा छ भन्ने खुल्ने गरेको थिएन। सूचना आयोगले हिजो बुधबार कोरोना संक्रमितको स्थायी र अस्थायी दुवै ठेगाना सार्वजनिक गर्न सरकारलाई आदेश दिएको थियो।
लकडाउनका बेलामा जथाभावी पास दिँदा कोरोना प्रसारमा तीव्रता आएको चिकित्सकहरुको ठहर छ। ‘यही कारण काठमाण्डौ उपत्यकामा जोखिम बढिरहेको छ’, अर्का एक स्वास्थ्यकर्मीले भने।
पाटन अस्पतालमा ‘कोरोना डेडिकेटेड’ अस्पतालमा संक्रमितका लागि छुट्याइएको १५ शय्यामध्ये १२ जना बिरामी भर्ना भइसकेका छन्। यो डेडिकेटेड अस्पतालमा ६ वटा आइसोलेसन वार्ड छन् भने २१ शय्याको आकस्मिक कक्ष पनि छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago