काठमाण्डौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको शुक्रबार बिहान मृत्यु भएको छ।
अस्पतालका अनुसार बिहान करिब ९ बजे कोरोना संक्रमित ६५ वर्षीया महिलाको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। ललितपुर थसिखेलकी ती महिलालाई गत साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो।
ती महिला केही दिनअघि वीरगन्जबाट आएकी थिइन्। वीरगन्जबाट आएपछि उनको स्वाब स्टार अस्पतालमा गरिएको परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
त्यसपछि उनलाई पाटन अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो। ती महिलामा निमोनिया पनि देखिएको चिकित्सकहरु बताउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago