काठमाण्डौ । बितेको २४ घन्टामा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप तीना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार अस्पतालमा उपचाररत ४५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको शुक्रबार र ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। मृतक महिला क्यान्सरपीडित। आज मृत्यु भएका ४५ वर्षीय पुरुष भने कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए।
यसअघि बिहीबार राति पाटन अस्पतालमै कोरोना संक्रमित अर्का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। ती पुरुषमा मधुमेह र उच्च रक्तचाप रहेको थियो। उनलाई गत साउन १७ गते स्टालर अस्पतालबाट पाटन अस्पताल ल्याइएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago