काठमाण्डौ । ललितपुरको पाटन अस्पतालमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका शनिबार एकैदिन उपचारका क्रममा रहेका दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकमा ललितपुरको पाटनकै २९ वर्षीय पुरुष, रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरी जलेश्वरकी ६२ वर्षीया महिला छन्।
अस्पतालका अनुसार जलेश्वरकी महिलाको दिउँसो, भैरहवाका पुरुषको साँझ र पाटनका पुरुषको राति मृत्यु भएको हो। भैरहवा र जलेरश्वरका मृतकहरुको शव व्यवस्थापन भइसकेको छ।
पाटनका युवकको भने शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago