काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उनी केन्द्रीय सदस्य तथा प्रवक्ता रहेको पार्टी नेपाली कांग्रेसको बैठकमा अर्थतन्त्रको संक्षिप्त चित्र प्रस्तुत गर्दै देश लयमा फर्किएको दाबी गरेका छन् । 

उनले विभिन्न दातृ निकायहरुको प्रक्षेपणलाई उद्धृत गर्दै चालु आर्थिक वर्षमा नेपालको जीडीपी ग्रोथ ५ प्रतिशत कन्फर्म रहेको, तर आफूहरुको लक्ष्य ६ प्रतिशत पुर्याउने रहेको समेत दाबी गरे । 

लचक मौद्रिक नीतिले आर्थिक गतिविधि बढिरहेको र सेयर बजारमा देखिएको उत्साहले सकारात्मक संकेत गरेको समेत उनको विश्लेषण छ । 

उनले आफूले कार्यभार सम्हाल्दै गर्दाका कतिपय महत्वपूर्ण आर्थिक तथा वित्तीय परिसूचकहरु प्रस्तुत गर्दै राजश्व संकलनदेखि सरकारको खर्च गर्ने शैलीमा परिमार्जन लगायतका विषयमा आमूल सुधार गरेको समेत दाबी गरेका छन् । 

उनले पार्टी बैठकमा एकवर्षको तुलनात्मक आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट मात्र प्रस्तुत गरेका छैनन्, आगामी कार्यदिशाको विषयमा समेत चर्चा गरेका छन् । 

पार्टी बैठकमा अर्थमन्त्रीले अर्थतन्त्रको विषयमा दिएको प्रस्तुती यस्तो छः