काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न विशेष साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले पुँजी वृद्धिका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आईपीओ जारी गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधनलाई तीनमहलेमा अभिलेख गरी कार्यालयमा बुझाउने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19