काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा सर्किट ब्रेक लागेको छ ।
नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षापछि बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से इन्डेक्स ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेर १ हजार ९६३ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
एक दर्जनभन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका कम्पनीको सेयरभाउ बढेका छन् । करिब दुई वर्षपछि नेप्सेमा सर्किट ब्रेक लाग्दा सेयर लगानीकर्ताहरुमा भने आफ्नो लगानी उठ्ने आशा पलाएको छ ।
मौद्रिक नीतिको पहिलो समीक्षामा सेयरबजार सुधारिने खालको नीति आएपछि बजारमा सर्किट ब्रेक लागेको लगानीकर्ताहरु बताउँछन् ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश वाणिज्य बैंकका सेयर ‘अण्डर भ्यालु’ छन् । दोस्रो बजारमा ती कम्पनीहरुको मूल्य आम्दानी अनुपात (पिई रेसियो) बलियो हुँदा पनि सेयरभाउ न्यून रहेको छ ।
लगानीकर्ताहरुका अनुसार बजारमा अण्डरभ्यालु रहेका कम्पनीहरुमा ‘लङ टर्म’ का लागि लगानी गर्नु उचित हुन्छ । दोस्रो बजारमा अण्डरभ्यालु रहेका कम्पनीहरुले भविष्यमा दिन सक्ने बोनस, हकप्रद सेयरले आफ्नो लगानी सुनिश्चित हुन सक्ने बजार जानकार सरोज भट्टराई बताउँछन्
‘बाहिरका सेयर विज्ञहरुले पनि भविष्य राम्रो भएका अर्थात् अण्डरभ्यालु कम्पनीहरुमा दिर्घकालिन समयका लागि लगानी गर्नु उचित हुने बताउँछन्’ उनले भने, ‘तर अहिलेको बजारको अवस्था हेर्दा अण्डरभ्यालु कम्पनी भन्दैमा लगानी गरिहाल्नु भन्दा आफैंले आधारभूत विश्लेषण गरेर मात्रै लगानी गर्दा उचित हुन्छ ।’
साथै सेयरबजारमा अण्डरभ्यालु रहेका कम्पनीमा भन्दा बोनस र हकप्रद सेयर जारी गर्ने कम्पनीमा बढी लगानी गर्ने प्रवृत्तिले त्यस्ता कम्पनीको सेयर प्राइस ‘बुल’ हुन नसकेको उनले बताए ।
‘नेपालको सेयरबजारमा दिर्घकालिन समयसम्मको लागि लगानी गर्नुभन्दा बढी सर्ट टर्ममा नै रिटर्न चाहने लगानीकर्ताहरु बढी रहेको भन्दै उनले भविष्य भएका कम्पनीभन्दा पनि लगानीकर्ताहरुले सेयरभाउको आधारमा त्यस्तो कम्पनीमा बढी लगानी गर्ने गरेको बताए ।
उनले भने, ‘अरुले भनेको भरमा सेयर खरिदबिक्री गर्ने प्रवृत्ति छ, यसले आफ्नो लगानीसमेत जोखिम हुन सक्छ । कुनै कम्पनीले बोनस र हकप्रद सेयर दिंदैछ भने पनि लगानीकर्ताहरु त्यतैतिर लगानी गर्न होमिन्छन् ।’अहिलेको बजाररको अवस्था हेरेर नै अण्डरभ्यालु कम्पनी छान्नुअघि आफ्नो रणनीति के छ, त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।
‘हामीमा महँगो खालको सेयर किन्दा लगानी जोखिम नहुने भन्ने गलत भ्रम छ । अण्डरभ्यालु रहेका कम्पनी नै छान्दा पनि आफ्नो रणनीति के छ त्यो हेर्नुपर्छ’ उनले भने, ‘भोलिका दिनमा आफुले लगानी गरेको कम्पनीले आफुलाई प्रतिफल दिन सक्छ या सक्दैन त्यो विश्लेषण गर्नु आवश्यक छ । साथै सेयरबजारबाट रिर्टन खोज्ने कि कम्पनीबाट रिटर्न खोज्ने त्यसमा पनि लगानीकर्ता स्पष्ट हुनुपर्छ ।’
यसका साथै नेपालजको सेयर बजार सप्लाईको आधारमा ‘अप एण्ड डाउन’ हुने पनि उनले बताए । ‘जब मार्केटमा डिमाण्डभन्दा बढी सप्लाई हुन जान्छ तब मार्केट घट्ने बढी सम्भावना रहन्छ’, उनले भने, ‘बजारमा अण्डरभ्यालु भएका कम्पनीको सप्लाई कम नै छm यसआधारमा पनि यसमा लगानी गरिहाल्नु त्यति जोखिम छैन ।’ यसका साथै अर्काबजार जानकार मुक्ति बहादुर खत्रीले पनि डिमाण्ड र सप्लाईको आधारमा बजार घटबढ हुने बताए ।
‘डिमाण्ड र सप्लाई मार्केटको इकोनोमी प्रिन्सिपल नै हो, सप्लाई बढ्दा मार्केट घट्ने र डिमाण्ड बढ्दा मार्केट बढ्ने अवस्था छ’ उनले भने, ‘दोस्रो बजारमा यस्ता अण्डरभ्यालु् कम्पनीमा लगानी गरिहाल्नु त्यति जोखिम त छैन तैपनि कम्पनीको सेयरभाउ डिमाण्ड र सप्लाई आधारमा नै तलमाथि हुने भएकोले आफैंले विश्लेषण गरेर लगानी गर्न सकिन्छ ।’
पछिल्लो अवस्थामा बजार बढ्न सक्ने अझै सम्भावना रहेको खत्रीले बताए । ‘आजको जस्तै बजार यहि हिसाबमा चल्ने हो भने मार्केट बुलिस हुन्छ’ उनले भने, ‘भोलिको दिनमा सप्लाई बढ्दै गयो भने त बजार घट्छ तर माहोल राम्रो बन्दै गएको छ, ब्याजदर घटेको छ, अझै घट्ने सम्भावना छ यसले बजार केही हदसम्म माथि जाने सम्भावना छ ।’
बजारमा राम्रा भविष्य भएका कम्पनी तथा अण्डरभ्यालु कम्पनीहरुमा दिर्घकालका लागि लगानी गर्नु उचित हुने पनि उनले बताए । कुनै पनि कम्पनीको सेयरभाउलाई कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ले प्रत्यक्ष रुपमा प्रभावित पार्दछ । बजार जानकारहरुका अनुसार कम्पनीको पीई रेसियो जति धेरै कम हुन्छ त्यति नै थोरै जोखिम हुन्छ ।
कम्पनी छनौट गर्दा सकेसम्म कम पीई रेसियो भएका कम्पनी छनौट गर्न उचित हुने बजार विज्ञहरु बताउँछन् । १७ भन्दा कम रेसियो भएका कम्पनीहरु दोस्रो बजारमा अण्डरभ्यालु मानिन्छन् ।
हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १८ वटा कम्पनी अण्डरभ्यालु छन् । जसमा ११ वटा वाणिज्य बैंकहरु छन्, भने एक विकास बैंक, चार वटा हाइड्रोपावर कम्पनी र दुई वटा उत्पादन तथा प्रशोधन कम्पनी छन् ।
तुलनात्मक रुपमा यी कम्पनीहरुको पीई रेसियो अन्य कम्पनीको तुलनामा १७ गुणाभन्दा कम छन् र बजारमा यी कम्पनीहरुको डिमाण्ड र सप्लाई पनि कम हुने गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago