 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले पीसीआर परीक्षण शुल्क १ हजार १०० रुपैयाँले घटाएको छ।
सरकारले पीसीआर परीक्षण शुल्क घटाएर ४ हजार ४०० रुपैयाँ कायम गरेको हो। यसअघि पीसीआर परीक्षण शुल्क ५ हजार ५०० रुपैयाँ तोकिएको थियो।
अब निजी अस्पताल तथा प्रयोगशालाहरुले पनि सरकारले तोकेको नयाँ शुल्कअनुसार नै पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। यसअघि प्रयोगशाला नभएका अस्पतालहरुले सरकारले तोकेको शुल्कको १० प्रतिशत थप शुल्क लिएरु स्वाब संकलन गर्न पाइने भनिए पनि अब त्यसो गर्न नपाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए। अब कुनै पनि अस्पताल र प्रयोगशालाले पीसीआर परीक्षणबापत ४ हजार ४०० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने उनले स्पष्ट पारे।
विश्वमै कोरोना परीक्षणका लागि आवश्यक किटहरुको उपलब्ध सहज र सस्तो हुँदै गएकोले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालय स्रोत बताउँछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19