काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पछिल्लो समय पुँजी बजारमा महिलाको लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आयोजना गरेको ‘रिङ दी बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत रहेको जानकारी दिए। ‘कुल मेरो सेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा कारोबार खातामा करिब ३१ प्रतिशत खाता महिलाको रहेको छ’, उनले भने।
नेपाल सरकारको दिगो विकास लक्ष्यहरुलाई समावेश गरी हाल कार्यान्वयनमा रहेका १५ औँ योजनाले लैंगिक समानता र महिला सशक्तीकरणका सम्बन्धमा अध्यक्ष ढुंगानाले महिलाको आर्थिक सशक्तीकरण र सामाजिक रुपान्तरण गर्ने रणनीति लिएकोमा सोका लागि पुँजी बजारलाई पनि एक माध्यमका रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे। पुँजी बजारले रोजगारी, आयलगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले पनि यो महत्वपूर्ण क्षेत्र भएको जिकिर गर्दै उनले विभिन्न क्षेत्रहरुमा महिलाको उपस्थित सुरक्षित एवं प्रोत्साहिक गर्न सरकारले संविधानलगायत विभिन्न ऐनकानुनमा व्यवस्था गरेको स्मरण गराए।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर नीलम ढुंगाना तिम्सिना, इन्टरनेसनल फाइनान्स कर्पोरेसनकी कार्यक्रम निर्देशक लोपा रहमान, यूएन ग्लोब कम्प्याक्टका प्रेसिन्डेन्ट प्रदीपमान बैद्य र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पनि महिला सहभागिता अभिवृद्धि र समावेशिताका लागि भएका प्रयासका बारेमा मन्तव्य राखेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19