काठमाण्डौ । सरकारले सेयर बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर कायम गरेसँगै सेयर बजारमा हरियाली छाएको छ।
सरकारले आर्थिक अध्यादेशमार्फत ल्याएको कर नीतिप्रति असहमति जनाउँदै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए। आन्दोलित लगानीकर्ताको मागलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयले साबिकको पुँजीगत लाभकर नै अन्तिम कर हुने भनी सू्चना गरेपछि लगानीकर्तामा उत्साह फर्किएको हो।
यो समाचार तयार पार्दासम्म दिउँसो १ बजेज ३० मिनेटसम्म नेप्से परिसूचक ४५.७५ अंकले बढेर १९१२.०९ को विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ८.२९ अंकले बढेर ३६३.९० को विन्दुमा उक्लिएको छ।
अहिलेसम्म ७८ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार हुँदा शिविम सिमेन्टको सर्वाधिक ७ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज लगानीकर्ताहरुले बिहान सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका करण सेयर बजार खुले पनि कारोबार करिब १ घन्टाजति पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन।
अहिलेसम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19