– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारप्रति सकारात्मक देखिएका छन्।
अर्थ मन्त्रालयमा आज शुभकामना दिन पुगेको नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्री पौडेलले आफू पुँजी बजारप्रति सकारात्मक नै रहेको बताएका हुन्। ‘मन्त्री शर्माले पुँजी बजार विस्तार र विकासका लागि पहल गर्ने बताउनुभएको छ’, प्रतिनिधिमण्डलमा सहभागी संघकी अध्यक्ष राधा पोखरेल भनिन्, ‘अघिल्लो सरकारले पुँजी बजारको क्षेत्रमा गर्न बाँकी अँधुरा कामहरु अध्ययन गरेर पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।’
पोखरेलका अनुसार अर्थमन्त्री शर्माले पुँजी बजारका लागि गर्नुपर्ने कामहरुका विषयमा सुझाव मागेका छन्। ‘त्यसका लागि लिखित रुपमा सुझावहरु दिन मन्त्री शर्माले आग्रह गर्नुभएको छ’, उनले भनिन्।
आगामी दिनमा पनि पुँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताहरुसँग रायसल्लाह लिँदै जाने पनि मन्त्री शर्माबाट प्रतिबद्धता आएको पोखरेलले बताइन्।
यसअघि ऊर्जामन्त्री हुँदा शर्माले निकै राम्रो कार्यसम्पादन गरेका थिए। अहिले शर्मा अर्थमन्त्री भएर आएपछि पुँजी बजारसँग सम्बन्धित सरोकारवालाहरुले निकै चासोका साथ हेरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19