काठमाण्डौ । सोल्टी होटेलले लिन बाँकी लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ। 

सोल्टी होटेलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको छ। 

पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले सूचनामार्फत जानकारी गराएको छ। 

लाभांश रकम लिन बाँकी रहेका सेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ। नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले आवश्यक कागजपत्रसहित सेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ।