madi hydro
काठमाण्डौ । पोखरा । कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।
आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताए।
आयोजनाबाट २५ मेगावाट जलविद्युत उत्पादन हुने जानकारी दिँदै उनले आयोजना पूर्णरुपमा सफल हुन करिब रु सात अर्ब लागत लागेको बताए।आयोजना संयोजक राजकुमार बरालले २०६९ पुस १३ गतेदेखि निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत सिल्दजुरे गाविस–४ चासुमा बाँध र ९ थाचोक, गैरीखेतमा पावरहाउस निर्माण सम्पन्न भएको जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago