fpo
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी –नेपाल) लिमीटेडले आगामी पुस १६ गतेदेखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।
यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा पिमियम बापत रु. ६९९ थप गरी प्रति सेयर ७९९ का दरले सर्वसाधारणहरुमा थप सार्वजनिक
निश्कासन(एफपीओ) गर्न लागेको हो । यो बिमा कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गर्नेछ ।
इच्छुक लगानीकर्ताले पुस १९ गतेसम्ममा आवेदन दिइसक्नुुपर्ने बिहीबार प्रकाशित आह्वानपत्रमा उल्लेख छ । सो मितिसम्ममा पनि एफपीओमा माग अनुसार आवेदन नपरे निश्कासन बन्द हुने मिति(ढिलोमा) माघ १५ सम्मलाई तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३२९० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ गोजीमा ७ हजार ९ सय ९० रुपैयाँ भएको सर्वसाधारणले पनि यो कम्पनीको एफपीओमा लगानी गर्न पाउनेछ ।
यो कम्पनीलाई एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डले मंसिर १८ तथा कम्पनी रजिष्टारको कार्यालयले पुस ५ गते स्वीकृति दिएको थियो ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ५१ करोड ४४ लाखको उचाईमा पुुग्नेछ ।
कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५२.३१: ४७.६९ रहेको छ।
कम्पनीको अतिरिक्त सार्वजनिक निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
इच्छुक लगानीकर्ताले एनएमबी क्यापिटल लिमीटेडको काठमाण्डौ नागपोखरीस्थित मुख्य कार्यालय, प्रिमियर इन्स्योरेन्सको नारायणचौर(नक्साल) काठमाण्डौस्थित मुख्य कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनको अनुमति प्राप्त सबै बैंक तथा बित्तीय संस्थाका मुख्य तथा शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् ।
यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १५३५ रुपैयाँ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19