Nepse
काठमाण्डौ । तीन दिनअघिदेखि एकाएक यूटर्न भई उकालो लागेको बिमाको बजार परिसूचक सातामा कारोबारको अन्तिम दिन बिहीबार बुलिस ट्रेण्डमा कुदेको छ ।
एकैदिन बिमाको परिसूचक ५९५.४३ अंकले बढ्दा समग्र बजार परिसूचक १९.९ अंकले उक्लिएर १५६६.७० अंकमा पुगेको छ । बजारमा बिहीबार १ सय ३७ कम्पनीका १८ लाख ८८ हजार ३ सय ३९ कित्ता सेयर १ अर्ब ८९ करोड ९४ लाख २० हजारमा किनबेच भएको छ ।
बजारमा बिमाको परिसूचकको एकैदिनको यो बढोत्तरी, कारोबार रकम र नेप्से परिसूचकको नयाँ उचाई गरी तीन नयाँ रेकर्ड कायम भएको हो । केही साताअघिदेखि दैनिक कारोबार रकम १ अर्ब माथि भए पनि २ अर्ब नजिक पुगेको बिहीबार नै पहिलो पटक हो । बिमाको सूचक पनि एकैदिन यति धेरै अंकले यसअघि कहिल्यै बढेको थिएन । समग्र नेप्से परिसूचकले पनि हालसम्म आजको जति उचाईं चुमेको थिएन ।
बिमाको कारोबारमा उछाल आउँदा वाणिज्य बैंक समूहको सूचक भने घटेको छ । यो समूहको सूचक १.०४ अंकले घट्यो । होटल समूहको सूचक ६.४८ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियो पोतियो ।
बिहीबार विकास बैंक समूहको सूचक १२.०३ अंकले बढ्दा बित्त समूह ५.३७, अन्य समूह ४.७ र जलविद्युत समूह ४.६१ अंकले उक्लिए । सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ४.३४ र १.१६ अंकले उकालो लागे ।
करिब ३१ लाख कित्ता एफपीओ गर्ने तयारीमा रहेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिए । नेपाल लाइफको माात्रै २४ करोड ८ लाखको सेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको पनि १९ करोड ५६ लाखको सेयर किनबेच भयो । नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड २८ लाखको कारोबार भयो भने प्रभू इन्स्योरेन्सले पनि ७ करोड ३९ लाखको कारोबार गर्यो ।
बिहीबार उत्कृष्ट कारोबार गर्ने मुख्य १० कम्पनीमा ९ स्थान बिमा कम्पनीले कब्जा गरे भने अन्य बेला बिमाकै हाराहारीमा हुने वाणिज्य बैंक समूह एक स्थानमा सीमित हुन बाध्य भयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago