Nepse
काठमाण्डौ । वाणिज्य र विकास बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेपछि सोमबार बिमाको बजार परिसूचक ओरालो लागेको छ ।
बिमामा करेक्सनको मोड देखिए पनि बैकिङ समूहले बजारलाई उचाल्दा नेप्से परिसूचक पहिलोपटक १६ सय माथि पुगेको छ । सोमबार नेप्से ११.६३ अंकले बढ्दै नेप्से परिसूचक १६०९.५९ अंकको नयाँ उचाईमा पुगेको हो ।
वाणिज्य र विकास बैंकको दबदबा रहेको सोमबारको पूँजीबजारमा १ सय ३९ कम्पनीका १९ लाख ५५ हजार २ सय ३३ कित्ता सेयर १ अर्ब ७१ करोड २२ लाख ७२ हजारमा किनबेच भयो ।
सोमबार सबैभन्दा बढी विकास बैंक समूहको सूचक ४१.३ अंकले उक्लियो । वाणिज्य बैंक १४.८९ अंकले उकालो लाग्यो भने होटल र जलविद्युत समूहको बजार परिसूचकमा पनि हरियो पोतियो । यी दुई समूहको नेप्से परिसूचक क्रमशः ४.७२ र ३.८९ अंकले उक्लिए ।
बाँकी सबै समूहमा रातो पोतियो । बिमा समूहको सूचक सबैभन्दा बढी ४९.२४ अंकले ओरालो लाग्यो भने उत्पादनमूलक पनि २५.९९ अंकले ओर्लियो । अन्य समूहमा २.३५ अंकको गिरावट देखिँदा बित्त समूहमा ०.५८ अंकको झिनो गिरावट आयो । सोमबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः २.४७ र ०.९१ अंकले उक्लिए ।
सोमबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंक र विकास बैंकले कब्जा गरे भने बिमा समूह १ मा सीमित बन्न पुग्यो ।
सबैभन्दा बढी एभरेष्ट बैंकको १५ करोड २७ लाख बराबरको सेयर किनबेच भयो । यसैगरी, नेपाल बंगलादेश बैंकले १३ करोड ७१ लाख, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ७ करोड ७० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ करोड १ लाख र नेपाल बैंक लिमीटेडले ५ करोड ८३ लाखको कारोबार गरे । सोमबार रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त बैंक लिमीटेड पनि उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा पर्न सफल भए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago