काठमाण्डौ । सेयर लगानीकर्ता संघले आगामी जेठ महिनाभित्रमा पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरुवात नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । 

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सेयरको सेमी अनलाइन कारोबार प्रणाली भएको खुशी व्यक्त गर्दै पूर्ण अनलाइन कारोबार प्रणाली समेत तोकिएकै समय(जेठ भित्र) सुरु हुनुपर्नेमा जोड दिएको हो। 

ढिलै भए पनि ओपन क्राई सिस्टमबाट कम्प्यूटराइज्ड ट्रेडिङ सिस्टम हुँदै इन्टरनेट मार्फट खरिदबिक्री आदेश दिनसक्ने व्यवस्था लागू भई निकट भविष्यमै आउन लागको पूर्ण स्वचालित कारोबार प्रणालीमा सहयोग पुग्ने हुँदा उक्त पद्धतीलाई यस संघ अत्यन्त होशियारीपूर्वक स्वागत गर्दछ । संघले भनेको छ–‘र सम्पूर्ण लगानीकर्ता साथीहरुलाई सो पद्धतीमा आवद्द भै त्यसका सकारात्मक र नकारात्मक पक्षहरुलाई प्रयोगात्मक विश्लेषण संघमा समेत प्रतिक्रिया दिन आग्रह अनुरोध गर्दछौ ।’

संघले जेठ महिनाभित्र पूँजी बजारमा प्रयोग हुने गरी भइरहेको कार्यलाई अझ बढी तदारुकताका साथ सम्पन्न गर्न समेत सरोकारवाला निकायलाई आग्रह गरेको छ ।