काठमाण्डौ । नेपाल आयल निगमको संयोजनमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा खटिएकाहरुको कोरोनाभाइरस संक्रमण परीक्षण सुरु भएको छ।
पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीका लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट परीक्षण थालिएको निगमले जनाएको छ।
ग्यास उपभोक्ताको घर–घर पुर्याउने टेकु बिक्री केन्द्रमा खटिएका कर्मचारी, अमलेखगन्ज तथा भारतबाट इन्धन आयात हुने थानकोट डिपो र प्रधान कार्यालयका अग्रपंक्तिका कर्मचारी भारतबाट हवाई इन्धन भित्रिने सिनामंगल डिपोमा कार्यरत कर्मचारीको कोरोना परीक्षण सुरु गरिएको निगमले जनाएको छ।
निगमको सबै प्रादेशिक कार्यालयहरुमा खटिने कर्मचारीहरु, ट्याकंर चालक र उनीहरुको सम्पर्कमा रहेर काम गर्ने कर्मचारीको पनि परीक्षण हुने निगमले स्पष्ट पारेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago