काठमाण्डौ । कच्चा तेलको दाम बढ्न थालेसँगै इन्धनको मूल्य पनि वृद्धि हुन थालेको छ।
भारतमा लगातार ४ दिन देखि पेट्रोल र डिजेलको मूल्य बढेको छ। सरकारी तेल कम्पनीहरुले आज दिल्लीमा प्रतिलिटर डिजेलको दाम भारु ३० पैसा र पेट्रोलको दाम भारु २५ पैसाले बढाएका छन्। योसँगै प्रतिलिटर पेट्रोलको भाउ भारु १०२.४५ र डिजेल भारु ९०.८३ पुगेको छ।
बितेको ४ दिनमा पेट्रोलको भाउ लिटरमा भारु १.१० र डिजेल भारु १.११ ले बढेको छ।
कच्चा तेलको दाम बढ्न थालेपछि इन्धनको मूल्यमा बढोत्तरी आउन थालेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारल ७९ डलर पुगेको छ।
आउने दिनमा कच्चा तेलको भाउ प्रतिब्यारेल ८० डलरसम्म पुग्ने अनुमान गरिएको छ। यसले पेट्रोल र डिजेलको भाउ भारु २–३ ले बढ्ने बताइएको छ।
यसैगरी भारतीय आयल कर्पोरेसन (आईओसी)ले गत अक्टोबरमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। सूचीअनुसार प्रतिलिटर पेट्रोलको १३९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको १२० रुपैयाँ हुन आउँछ। हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ।
भारतबाट नयाँ मूल्यसूची आए पनि आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलियम पदार्थमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुने देखिएको छ।
यसअघि गत सेप्टेम्बर १६ मा भारतले पठाएको पेट्रोलियम पदार्थको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा भइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19