काठमाण्डौ । आगामी दिनमा तपाईको पेट्रोल र डिजेलको बजेट बढ्नसक्छ । हाल कच्चा तेलको मूल्य अन्तराष्ट्रिय बजारमा ६० डलर प्रति ब्यारेलसम्म पुुगिसकेको छ । यसबीचमा तेल उत्पादन गर्नेहरुमध्ये सबैभन्दा ठूलो देश साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले २०१८ मार्चसम्ममा तेलको आपूर्ति तथा उत्पादनमा कमी ल्याउने अधिकारीहरुको कार्यमा समर्थन जनाउने बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार साउदी अरबको यो निर्णयका कारण आगामी दिनमा कच्चा तेलको मूल्य निकै माथिल्लो विन्दूसम्म पुुग्नसक्छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा यसको सोझो असर भारतले आयात गर्ने कच्चा तेलको मूल्यमा पर्छ । नेपाललाई आवश्यक पनि पेटोल डिजेल भारतबाट आयात हुने भएकोले त्यहाँ मूल्य बढ्दा त्यसले नेपाली बजारलाई समेत स्वभाविक रुपमा प्रभाव पार्नेछ ।
वाल स्ट्रिट जर्नलका अनुसार प्रिन्स मोहम्मदको अभिव्यक्तिबाट यो संकेत देखिएको छ कि आगामी ३० नोभेम्बरमा हुने तेल उत्पादक देशहरुको संगठन ओपेकको बैठकमा एकपटक फेरि कच्चा तेलको उत्पादनमा भारि कटौति गर्ने बिषयमा सहमति जुट्नसक्छ । ओपेक सदस्य राष्टमध्ये साउदी सबैभन्दा ठूलो र शक्तिशाली देश हो ।
तेल उत्पादक देश ओपेकमा १४ देश सामेल छन् । इरान, इराक, साउदी अरेबिया, कतार, यूएई, अल्जेरिया, अंगोला, इक्वेडर, कुवेत, भेनेजुएला, लिबिया तथा नाइजेरिया जस्ता देश सामेल छन् ।
यदि ओपेक देशले कच्चा तेलको उत्पादन कटौतिको निर्णय गरे पनि रुसको तर्फबाट समेत यस्तै निर्णय हुनसक्छ । यसले कच्चा तेलको मूल्य अझ माथि पुर्याउन थप उर्जा दिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago