काठमाण्डौ । नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको आयातमा सवा ३ खर्ब रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब २१ अर्ब रुपैयाँ बढी बाहिरिएको हो। अघिल्लो आव २०७७/७८मा पेट्रोलिम पदार्थ आयात गर्दा नेपालबाट जम्मा १ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ बाहिरिएको थियो।
समीक्षा वर्षमा नेपालबाट सबैभन्दा धेरै रकम डिजेल आयातमा बाहिरिएको छ। गत आवमा डिजेलको आयातमा मात्रै १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाएको छ। यस्तै पेट्रोल आयातमा ७१ अर्ब ३८ करोड रुपैयाँ, एलपी ग्यास आयातमा ६५ अर्ब ५५ करोड रुपैयाँ र हवाई इन्धन आयात १५ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ।
पेट्रोलियम पदार्थ आयात गर्दा नेपाल आयल निगमले राज्यलाई डिजेलमा ६४ अर्ब ७१ करोड रुपैयाँ, पेट्रोलमा ३९ अर्ब ४ करोड, एलपीजी ग्यासमा १२ अर्ब २२ करोड, हवाई इन्धनमाबाट ७६ करोड रुपैयाँ र मट्टीतेलमा २० करोड ७१ लाख रुपैयाँ राजश्व बुझाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago