काठमाण्डौ । काठमाण्डौ महानगरपालिका क्षेत्रभित्रका पोलमा रहेका अनावश्यक तार तथा केबल हटाउन सेवा प्रदायकहरुलाई आग्रह गरिएको छ।
काठमाण्डौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी पोलमा रहेका अनावश्यक तार तथा केबल हटाउन आग्रह गरेको छ। यसका साथै आवश्यक तारमा संकेत चिह्न (ट्याग) लगाई पहिचानका लागि सहज बनाउन पनि महानगरले आग्रह गरेको छ।
यो सूचना प्रकाशित भएको १५ दिनभित्र अनावश्यक तार वा केबल नहटाएर १६ औँ दिनबाट महानगरपालिकाले आफैँले हटाउने जनाइएको छ।
यसबाट लाभग्राही पर्न सक्ने असुविधाको जिम्मेवारी स्वयं सेवा प्रदायकको हुने महानगरपालिकाले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19