काठमाण्डौ । तीव्रगतिमा फैलिरहेको कोरोनाभाइरसबाट भारतमा आइतबार एकैदिन पौने ३ लाख बढी मानिस संक्रमित भएका छन्।
भारतमा आइतबार एकैदिन २ लाख ७५ हजार १९६ जनामा कोरोना पुष्टि भएको हो। यीसँगै भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ।
भारतमा दैनिक मृत्यु आँकडा पनि बढ्दै गएको छ। आइतबारमात्रै भारतभरि १ हजार ६२० जना संक्रमितको मृत्यु भएको छ। यीसँगै भारतमा मृत्यु हुनेको संख्या १ लाख ७८ हजार बढी पुगेको छ।
भारतमा आइतबार सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन्। त्यसपछि उत्तर प्रदेशमा धेरै संक्रमित भेटिएका छन्।
भुसमा आगो फैलिएझैँ कोरोना संक्रमण बढ्न थालेपछि भारतका विभिन्न राज्यमा प्रतिबन्धहरु लगाइएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago