काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्ने कुनै सम्भावना नरहेको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अर्थमन्त्री फेर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्। ‘अर्थमन्त्री फेर्ने विषयमा कुनै छलफल र चर्चा नै भएको छैन’, उनले भने।
देशको पछिल्लो आर्थिक अवस्था र गभर्नरमाथि कारबाहीपछि अर्थमन्त्री जनार्दन शर्मा निकै आलोचना भइरहेको छ। सरकारलाई असहयोग गरेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको छ।
केही समयअघि कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग केही नेताले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago