काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा भोलि सोमबार सपथ लिने भएका छन्।
प्रचण्ड ७ दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा मुलुकको ४४ औँ प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको सपथ कार्यक्रम सोमबार दिउँसो ४ बजे शीलत निवासमा राखिएको छ।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका प्रचण्ड प्रधानमन्त्री बन्न लागेका हुन्।
प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन्। मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्। उनले दिएको समय आजै साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्ड शीतल निवास पुगेर आफ्नो दाबी पेस गरेका थिए।
बालकोटस्थित ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय भएको थियो। सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा–आधा कार्यकाल प्रधानमन्त्री हुनेछन्। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरुको भागबन्डा भने मिलिसकेको छैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago