काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा सुरक्षार्थ खटिएका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

ललितपुरको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ती प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रचण्ड निवासमा प्रचण्डसहित ५३ जनाको कोरोना परीक्षण गरिएको थियो।

स्रोतका अनुसार प्रचण्ड निवासको गेटमा खटिने सेन्ट्री टोलीका सदस्यमा संक्रमण पुष्टि भएको हो। अन्य सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छैन। 

अध्यक्ष प्रचण्डसहित उनका परिवारका सबै सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको निजी सचिवालयले जनाएको छ।