काठमाण्डौ। विराटनगरको कोसी अस्पतालमा उपचाररत २८ जना कोरोना संक्रमित बिरामी निको भएर बिहीबार डिस्चार्ज हुँदैछन्।
कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज हुन लागेका हुन्। डिस्चार्ज हुन लागेकोमा २२ पुरुष र ६ महिला छन्। उनीहरुमध्ये झापाका ७, मोरङका ६, उदयपुर, सुनसरी र धनकुटाका ४/४, सप्तरीका २ र खोटाङका एकजना रहेको अस्पतालले जनाएको छ।
योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ। यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन्।
कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने तयारी प्रदेश १ सकारले गरेको रहेको अस्पतालले जनाएको छ।
हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19