काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शनिबार राति थप १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
प्रतिष्ठानबाट निको भएर घर फर्किनेमा झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना छन्।
ती १२ जनाको दुईपटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। प्रतिष्ठानमा अब ८३ जना उपचारत छन्।
हालम्म प्रदेश १ मा संक्रमितको संख्या २४७ जना रहेको छ। तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19