काठमाण्डौ । प्रदेश २ का विभिन्न जिल्लामा आइतबार बिहान थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रौतहटमा २९ जना, धनुषा २१ जना र सर्लाहीमा १० जनामा कोरोना, संक्रमण पुष्टि भएको हो । रौतहटको दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ मा कोरोना पुष्टि भएको छ।
यसैगरी धनुषाको मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र गणेशमान चारनाथ नगरपालिकाका एकजनामा कोरोना संक्रमण देखिएको छ।
उता सर्लाहीको हरिपुर नगरपालिकाका ७ जना र बह्मपुरी गाँउपालिका क्वारेन्टाइनका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
यी तीनै जिल्लामा संक्रमितहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो। उनीहरु प्रायः सबै भारतबाट फर्केकाहरु छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago