काठमाण्डौ । प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तको संस्थापक समूहको  सेयर बिक्रीमा राखेको राखिएको छ ।

प्रभु बैंकको विभिन्न संस्थापकको ३ लाख ३२ हजार १४६ कित्ता र सूर्योदय वोमी लघुवित्तको कम्पनीको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्रै खरिदआवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक सेयरधनीहरुले सम्बन्धित कम्पनीहरुको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा गैर संस्थापकलाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाईएको छ।