काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आजदेखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १ स्थित श्रीनगरमा २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । 

बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन  शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले विहान १०ः०० बजे गरे । 

बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि सुरेश अधिकारीले प्रभु बैंकले आफ्नो  बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे । 

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।