काठमाण्डौ । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ।
प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ। मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो।
हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ। बैंकको एचआर विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड बैठकले गरेको हो।
बढुवामा परेका कर्मचारीहरु उच्च व्यवस्थापन र कार्यकारी तहका छन्।
यसअघि सहायक महाप्रवन्धक रहेका दिनेश थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको छ। चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मि पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ।
एचआर विभागका अनुसार करिब एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19