काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ्ग नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।
शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ्ग खाता खोल्ना साथै उक्त खातामा बैंकको तर्फबाट रु. १००।– जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ्ग योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रभु गुडलक सेभिङ्ग अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटल लि. सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपीओ,एफपीओ,पूँजी बजार आदिको बारेमा व्यावहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकको यस प्रभु गुडलक सेभिङ्गमा सहभागी हुने विद्यार्थीहरुलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसरसमेत मिल्नेछ ।
बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना प्रभु गुडलक सेभिङ्गमा विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरु सहभागी भई प्रभु बैंक लि. को अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउन सकून् भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago