काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ। 

योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त योजनाको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त आर्थिक वर्षका लागि यो योजनाका इकाइधनीहरुलाई करसहित ९.५ प्रतिशत नगद लाभांश वितरण गरिएको छ। 

गत असोज १२ गतेको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुको बैंक खातामा नगद लाभांश पठाइएको क्यापिटलले जनाएको छ। आफ्नो डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा भएको वा नभएको यकिन गर्न पनि क्यापिटलले आग्रह गरेको छ। 

डिम्याट खातामा उल्लेखित बैंक खाता अद्यावधिक गराई समयमै प्रतिफल पाउन पनि क्यापिटलले आग्रह गरेको छ।