काठमाण्डौ । प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ। 

बैंकले दसैँ बिदाका दिनहरुमा काठमाण्डौ उपत्यकाभित्र र बाहिर दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो। दसैँको टीकाका दिनबाहेक कात्तिक ४, ५, ६, ८ र ९ गते दसैँ काउन्टर बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ। 

प्रभु बैंकका अनुसार काठमाण्डौ उपत्यकाभित्र मुख्य शाखा (बबरमहल), कमलादी, कुमारीपाटी (मानभवन) र भुक्तपुर शाखामा दसैँ काउन्टर सञ्चालन हुनेछ। 

यसैगरी उपत्यकाबाहिर विराटनगर, इटहरी, जनकपुर, वीरगन्ज (आदर्शनगर), पोखरा (रत्नचोक), नेपालगन्ज, भैरहवा र धनगढी शाखाहरुमा दसैँ काउन्टर सञ्चालन हुनेछन्। 

दसैँ काउन्टरमा निक्षेप जम्मा गर्न सकिनेछ भने चेक भुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँ) हुनेछ। रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार रुपैयाँसम्म (सोभन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने) बैंकले जनाएको छ।