काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। 

कम्पनीले गत वैशाख २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो। वैशाख २५ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ। 

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने सूचनामा उल्लेख छ। प्रमाणपत्र डिम्याट गरेपछि मात्र बोनस जम्मा गरिने सूचनामा जनाइएको छ। 

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ का लागि कुल १०.५३ प्रतिशत लाभांश जारी गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।

उक्त लाभांश कम्पनीको गत जेठ ६ गते सम्पन्न वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आएको हो।