काठमाण्डौ । प्रभू इन्स्योरेन्सले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको १ लाख ३७ हजार बढी कित्ता सेयर भदौ १७ (आज)देखि लिलामीमा राखेको छ ।
कम्पनीले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको १ लाख ३७ हजार १६ दशमलव ६३ कित्ता हकप्रद लिलामीमा राखेको हो । लिलामीबाट सेयर खरीदका लागि गोप्य शिलबन्दी दरखास्त दिने समय भदौ २४ गतेलाई तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ दर राखेर न्यूनतम १०० कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले संस्थापक समूहतर्फको १५ हजार ८ सय ६१.७६ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख २१ हजार १ सय ५४.८७ कित्ता सेयर लिलामीमा राख्नेछ ।
लिलामीको प्रक्रिया मिलाउन प्रभू क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ ।
यो कम्पनीले असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्तापूँजीको ४६ प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गरेको थियो । ३० लाख २९ हजार ६ सय ६१ कित्ता हकप्रद बिक्री भए पनि बाँकी रहेको सेयर भने लिलामीमार्फत बिक्री गर्नुपरेको हो ।
आवेदनका लागि प्रभू क्यापिटल कमलादी, प्रभू बैंकका वीरगञ्ज, विरानटगर, बुटवल, पोखरा, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढी स्थित शाखा तोकिएको छ ।
हाल यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता ४ सय ७८ रुपैयाँमा कारोबार भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago